देश/प्रदेश

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Banner

काठमाडौँ, फागुन २७-

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो (शनिबार) १२ः४३ बजे सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३२प ३३१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका(७ का मणिराज घिमिरेको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area