क्रिकेट

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने

Banner

काठमाडौं, फागुन २७-

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङकङसँग पहिला फिल्डिङ गर्ने भएको छ । मोङ कोकमा घरेलु टोली हङकङविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी विना नै हङकङ पुगेको छ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज भने आज आइतबार सुरु हुन लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>