राजनीति

कांग्रेस सरकार भत्काउने खेलमा लाग्दैन: महामन्त्री शर्मा

Banner

काठमाडौँ, फागुन २६-
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने बताउनुभएको छ ।

नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको चौथो प्रतिनिधिसभाको आज उद्घाटन गर्दै उहाँले कांग्रेस नयाँ सरकार बनाउनेतर्फ नलाग्ने स्पष्ट पार्नुभयो । “कांग्रेस अब घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन, हामी सरकार भत्काउन र बहुमत पु¥याउनतर्फ लाग्दैनौँ”, उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले कांग्रेस अब जनताको मुद्दा लिएर खरोरूपमा उत्रिने बताउनुभयो । “हामीले पार्टी सभापतिलाई भनेका छौँ, अहिले केही समय पर्खनुहोस्, यो गठबन्धनलाई काम गर्न अवसर दिनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले संसद्को चालु अधिवेशनमार्फत नै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्नेमा जोड दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>