राजनीति

कांग्रेसले गर्‍यो सिटौलालाई राष्ट्रिय सभामा संसदीय दलको नेतामा मनोनीत

Banner

काठमाडौँ, फागुन २६-
नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनीत भएका छन् । नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् ।

निजी सचिव केशवराज जोशी देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४ ) को धारा १२ को उपधारा (१)बमोजिम सिटौलालाई संसदीय दलको नेता पदमा मनोनयन गरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>