खेलकुद

आशिका फाउन्डेसनद्धारा फुटबलर प्रीति र सवितालाई ५० हजार नगदसहित सम्मान

०
Banner

काठमाडौं, फागुन २६-

नेपाली महिला फुटबल टोलीका सदस्य प्रीति राई र सविता रानामगरलाई आशिका फाउन्डेसनले नगदसहित सम्मान गरेको छ ।

फाउन्डेसनले शनिवार प्रीति र सवितालाई जनही ५० हजारसहित सम्मान गरेको हो ।

साउदीमा एक साताअघि भएको वाफ वुमन्स फुटबल प्रतियोगितामा नेपाललाई उपविजेता बनाउन प्रीति र सविताले उत्कृष्ट प्रदर्शन गरेका थिए । प्रीतिले सेमिफाइनल र सविताले फाइनलमा गोल गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>