राजनीति
वर्तमान सरकारको आयु मुस्किलले एकमहिना पनि छैनः मेटमणि चौधरी
०

काठमाडौँ, फागुन २६-
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकार बेठीक नियतका साथ बनेकाले यसको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका हुन् ।
‘यो सरकार बेठीक नियतको साथ बनेको छ । यद्यपि मेरो पार्टी पनि सरकारमा सहभागी छ । बेठीक नियतको साथ बनेको कारणले यो सरकारसँग अपार चुनौती छ । निकै सानो अवसर छ । यो कुरा म विश्वासका साथ भन्छ, यो सरकार मुस्किलले बढीमा एक महिनाभन्दा यसको आयु छैन,’ उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























