राजनीति
कमल थापाले प्रश्न गर्दै भने: के यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको ?
०

काठमाडौं, फागुन २६-
राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र आदर्शविहीन सत्ता लोलुप व्यवस्था प्रमाणित भएको बताएका छन् । शनिवार पार्टी पदाधिकारी र क्षेत्रीय समन्वय समितिका अध्यक्षहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले गणतन्त्र आदर्शविहीन सत्ता लोलुप व्यवस्था प्रमाणित भएको बताएका हुन् ।
अध्यक्ष थापाले १४ महिनामा ४ वटा गठबन्धन, १३ पटक मन्त्रिपरिषद् पुनर्गठन, ४३ जना मन्त्री यसको प्रमाण भएको समेत बताए । ‘के यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको हो ?’ भन्ने प्रश्न गर्दै थापाले यस किसिमको अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक विकास नहुने र वैदेशिक लगानी पनि नभित्रने दाबी गरे ।
नेताहरूको यस्तै प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको टिप्पणी गर्दै उनले सधैँका लागि देश छाडेर जाने लहर बढेकोप्रति राज्य उदासीन भएको समेत आरोप लगाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























