Breaking News

स्वदेशी औषधिलाई उपेक्षा, विदेशी औषधिको भरतपुरमा प्रवद्र्धन, स्वदेशी उद्योग धरासयी हुने डर

Banner

चितवन, फागुन २५–

नेपाल औषधि व्यवसायी संघका अनुसार स्वदेशमा उत्पादित औषधिको बिक्रि निरन्तर घट्दै छ । अघिल्लो आर्थिक वर्षमा नेपाली औषधि उद्योगको बिक्री ३४ अर्ब रुपैयाँ हाराहारीमा थियो । यसबर्ष घटेर २९ अर्ब रुपैयाँ हाराहारीमा झरेको छ । यस्तो अवस्थामा स्वदेशी औषधिको प्रवद्र्धन गर्नुपर्ने थियो । तर, नेपाली औषधि व्यवसायी संघले नै विदेशी औषधिको प्रर्वद्धनमा लागेको देखिन्छ ।

चितवनमा आजदेखि हुने भनिएको नवौँ नेपाल फर्मा एक्स्सो २०२४मा स्वदेशी औषधिको प्रवद्र्धन गर्ने भनिएपनि विदेशी कम्पनीको बर्चस्व रहेको छ । स्वदेशी औषधी कम्पनीको स्टल ८ प्रतिशत मात्र छ । एपोनका बरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाका अनुसार, १५६ वटा स्टल मध्ये नेपाली कम्पनीका १२ वटामात्र स्टल छन् । विदेशी कम्पनीको उत्पादनबारे नेपालमा जानकारी दिनको लागि एक्स्सो गरिएको उनले बताए । ‘विदेशी प्रविधिबाट औषधि कसरी बन्ने रैछ । नेपालीहरुलाई जानकारी दिन फर्मा एक्स्पो गरिएको हो’, रुङ्गटाले भने ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानका अनुसार नेपालमा औषधीको खपत ६० अर्ब बराबरको हुन्छ । उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन भए यहाँको मागलाई धान्न सक्ने उनको भनाई छ । अहिले स्वदेशी उत्पादनले ५५ प्रतिशत माग धानेको उनले बताए । ‘नेपालमा ८० को हाराहारीमा औषधी उद्योग सञ्चालित छन् । उनीहरु ५० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालित छन्’, उनले भने ‘पूर्ण क्षमतामा सञ्चालन हुँदा हामी आत्मनिर्भर नजिक हुन्छौँ ।’

एउटा उद्योग खोल्न ७० देखि ८० करोड रुपैयाँ लगानी हुने उनले बताए । ‘हामी लगानीको आधा उत्पादन गरिरहेका छौँ । लगानीको १२ प्रतिशतले शेल घटेको छ’, उनले भने ‘व्यापार घट्दै जाँदा ३५ प्रतिशत मात्रै जनशक्ति प्रयोग गर्नुपरेको छ ।’ नेपालमा ८० को हाराहारीमा औषधि उद्योग छन् । यस मेलामा स्वदेशी उत्पादनका स्टलहरु निकै कम रहेको चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>