राजनीति

प्रमुख प्रतिपक्षको रणनीति बनाउन कांग्रेस संसदीय दलको बैठक बस्दै

Banner

काठमाडौं, फागुन २४-

संसदमा प्रमुख प्रतिपक्षको रणनीति बनाउन नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको छ।

एकाएक प्रतिपक्षमा आइपुगेपछि संसदमा सशक्तरूपमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो। बैठकमा प्रदेश सरकारमा आइरहेको परिवर्तन र आगामी रणनीतिका बारेमा पनि छलफल हुनेछ।

संघीय संसद्को दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। संसद्को अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझेदार परिवर्तन गरेसँगै कांग्रेस प्रतिपक्षमा आइपुगेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>