राजनीति
गठबन्धन भत्काउने काँग्रेसको प्रयास सफल हुँदैनः प्रदीप ज्ञवाली
०

काठमाडौँ, फागुन २३
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली काँग्रेसको प्रयास सफल हुने स्थिति नभएको दाबी गरेका छन्। उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने काँग्रेसको प्रयास उचित नभएको पनि जिकिर गरे।
बुधवार अपराह्न पार्टी मुख्यालय च्यासलमा संक्षिप्त कुरा गर्दै उनले काँग्रेस जिम्मेवार पार्टीको रुपमा भन्दा पनि प्रतिसोधको भावनाबाट चल्न खोजेको आरोप समेत लगाए।
काँग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका बेला उपमहासचिव ज्ञवालीले काँग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’ को नीति लिन पनि सुझाव दिए। उनले जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकटलाई पार लगाउन पनि आफ्नो पार्टीले नयाँ गठबन्धनलाई पूरै कार्यकाल टिकाउन हर सम्भव प्रयास गर्ने पनि स्पष्ट पारे।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























