राजनीति

नेकपा एसबाट भानुभक्त र धनबहादुर मन्त्री बन्ने

Banner

काठमाडौँ, फागुन २३-

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ। पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको हो।

उसले सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम पठाएको छ। समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयमा पठाएका छन्। गठबन्धनमा सो पार्टीको भागमा २ वटा मन्त्रालय परेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>