खेलकुद
योङ स्टार खुला तेक्वान्दो शुक्रबारदेखि
०

काठमाडौँ, २३ फागुन
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा योङ स्टार गु्रपको सह–आयोजनामा प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगिता यसै सातादेखि हुने भएको छ ।
यही फागुन २५ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा करिब छ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । ग्योरोगीमा पुरुष महिलामा समान १३–१३ गरी २६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एलिस ठकुरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुम्सेको पुरुष÷महिलामा समान २–२ गरी चार एकल स्पर्धामा खेल हुनेछ । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने आयोजकले जनाएको छ । दुईदिने उक्त प्रतियोगिताका खेल पेप्सीकोलास्थित आयोजकको हलमा हुनेछ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























