चितवन विशेष

अभिभावकलाई पोषणसम्बन्धी सचेतना

Banner

चितवन, फागुन २१-

भरतपुर महानगरपालिका–११ को नारायणी पब्लिक स्कुलले अभिावकहरुलाई पोषणसम्बन्धी सचेतना दिएको छ ।

विद्यालयले पूर्वप्राथमिक तहमा अध्ययनरत विद्यर्थीका अभिभावकलाई मध्यनजर गर्दै सन्तुलित भोजन तथा पौष्टिक आहार सम्बन्धी सचेतना दिएको हो ।

विद्यालयका प्राचार्य वेदराज न्यौपानेको अध्यक्षतामा भएको सचेतना कार्यक्रम भरतपुरको मनकामना अस्पतालको प्राविधिक सहयोगमा गरिएको छ । पोषण विशेषज्ञ आस्था मिश्रले सन्तुलित आहार कुन समयमा कसरी खाने, आफ्ना साना नानी बाबुनानीहरुले खानेकुराहरु खान नमान्दा कसरी खुवाउने, बजारमा पाइने प्याकेजिङ, अखाद्य बस्तुहरुको न्यूनीकरण गर्दै पोषण युक्त खानेकुराहरुमा कसरी जोड दिने र बाबुनानीहरु मनोभावना कसरी बुझने भन्ने विभिन्न विषयहरुमा प्रष्ट पारेकी थिइन् । कार्यक्रमका अतिथिमा विद्यालयकी निर्देशक एवम् लेखा प्रमुख अनिता खनाल , पूर्वप्राथमिक तह प्रमुख शोभा बास्तोला पंगेनी रहेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>