खेलकुद

भरतपुरको स्टार्स मन्टेश्वरीले गरेको तेक्वान्दो ग्रेडिङमा ६७ जनाको ग्रेड वृद्धि

Banner

चितवन, फागुन २० –

भरतपुर कवर्ड हलमा शनिबार सम्पन्न तेक्वान्दो ग्रेडिङमा ६७ जना प्रतियोगीले ग्रेड वृद्धि गर्न सफल भएका छन् ।

स्टार्स मन्टेश्वरीको आयोजना र नेपाल तेक्वान्दो संघ चितवनको सहकार्यमा सो ग्रेडिङ् कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्टार्स तेक्वान्दो डोजाङ् र स्याडोज वारियर तेक्वान्दो डोजाङ गरी ६७ जना विद्यार्थीको सहभागिता रहेको थियो । नेपाल तेक्वान्दो संघले विद्यार्थीको प्रस्तुतिलाई हेरेर ग्रेडिङ गरेको हो । कुल ६७ जनाको सहभागिता रहेको कार्यक्रममा तीन जना प्रतियोगीले उत्कृष्ट प्रदर्शन देखाएर डबल स्टेप पार गरी ग्रिन ब्लु बेल्ट पाउन सफल भएका छन् भने बाँकी सबै ६४ जना प्रतियोगीले ग्रिन बेल्ट पाउन सफल भएका छन् । यसअघि यि सबै जनाको लेभल एल्लो बेल्ट थियो ।

खेलाडीको परीक्षण नेपाल तेक्वान्दो संघ चितवनका अध्यक्ष गोपाल श्रेष्ठ, डोजन प्रमुख डिलराम परियारसहित छायाँदेवी आचार्यले लिएका थिए । नेपाल तेक्वान्दो संघले खेलाडीहरुको ग्रेडिङ गर्ने गर्दछ ।

कार्यक्रममा स्टार्स तेक्वान्दो डोजाङ ५ देखि ६ वर्षका स्टार्स मन्टेश्वरीमा अध्ययनरत बालबालिकाको सहभागिता रहेको थियो भने स्याडोज वारियर तेक्वान्दो दोजाङ्बाट भने ६ वर्ष माथिका विद्यार्थीहरु पनि सहभागी थिए ।

कार्यक्रममा आफ्ना नानीबाबुहरुको प्रतिभा देखेर उपस्थिति स्टार्स मन्टेश्वरीमा अध्ययनरत विद्यार्थीका अभिभावकहरु दंग परेका थिए । स्टार्स मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाका अनुसार स्टार्स मन्टेश्वरी मातहत रहेको स्टार्स तेक्वान्दो डोजाङ्मा तेक्वान्दोको तालिम सञ्चालन गरिन्छ । मन्टेश्वरीको प्राङ्गणमा हुने तालिममा बिहान ६ वर्ष माथिका बाहिरी विद्यालयका विद्यार्थीलाई सिकाइन्छ भने दिउँसो मन्टेश्वरीमा अध्ययनरत ५ देखि ६ वर्षका नानीबाबुलाई सिकाइन्छ ।

मन्टेश्वरीको क्षेत्रमा ब्राण्डका रुपमा स्थापित बनेको स्टार्स मन्टेश्वरी धेरै अभिभावकको रोजाइमा पर्न सफल मन्टेश्वरी हो । जहाँबाट तपाईंका नानीबाबुहरुको भविष्य निर्माणको पाइला सुरु हुन्छ भन्ने नाराका साथ स्टार्स मन्टेश्वरी विसं २०६७ सालमा स्थापना भएको थियो । जुन भरतपुर महानगरपालिका–११ मालपोत चोकमा अवस्थित छ ।

मन्टेश्वरीले बालबालिकालाई अतिरिक्त क्रियाकलापहरु सिकाउँदै आइरहेको छ । जसअन्तर्गत गायन, नृत्य र तेक्वान्दोलाई बढी प्राथमिकतामा राखेको छ । यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने योजना मन्टेश्वरीले बनाएको छ ।

केही महिना अगाडि भरतपुर साथसाथै भारतमा भएको तेक्वान्दो प्रतियोगितामा स्टार्स तेक्वान्दो डोजाङ प्रतियोगीहरुले खेलमा विभिन्न पदक हात पार्न सफल भएको मन्टेश्वरीका प्रबन्ध निर्देशक रानाले जानकारी दिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>