समाचार

भरतपुर भ्रमण वर्षले युवा विदेश पलायन रोक्छः उपप्रमुख चित्रसेन अधिकारी

०
Banner

चितवन, फागुन १९-

भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्ष २०२४ ले युवा विदेश पलायन रोक्ने बताएका छन् ।

शुक्रबार नारायणी नदी किनारमा भएको भ्रमण वर्षको उद्घाटन समारोहमा बोल्दै उपप्रमुख अधिकारीले भ्रमण वर्षले रोजगारीको सिर्जना गर्नेमा आफू विस्वस्त रहेको बताए ।

‘भ्रमण वर्षले आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउनुका साथै रोजगारीको सिर्जना गरि विदेश पलायन हुन बाट रोक्न सहयोग गर्ने हामीलाई विश्वास छ,’ अधिकारीले भने ।

भरतपुरमा रहेका पर्यटकिय गन्तव्यकहरुको जानकारी दिँदै उपप्रमुख अधिकारीले पर्यटनको अनुपम सुन्दरताले भरिपूर्ण पर्यटकिय क्षेत्रको अवलोकन गर्न सकिने बताए । भरतपुरमा भएको विकासको प्रत्यक्ष अनुभूती गरेर आर्थिक सम्भावनाको खोजी गर्दै लगानीको वातावरण निर्माण गर्न भ्रमण वर्षले ठूलो टेवा पुर्‍याउने उनले बताए ।

सुस्ताएको पर्यटनलाई उकास्नुको साथै चितवन लगायतका छिमेकी जिल्ला र छिमेकी नगरपालिकालाई आर्थिक क्रियाकलापमा कोसेढुङगाको काम गर्ने विस्वास लिएको समेत उनले उद्घोष गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>