समाज

बासी पकौडा बेचेको चमेना गृहलाई महानगरले तिरायो ५० हजार जरिवाना

Banner

काठमाडौं, फागुन १८-

काठमाडौं महानगरपालिकाले बासी खाना बेच्ने चमेना गृहलाई जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका वडा नं.२२ मा रहेको नारायणी क्यान्टिनले बासी खाना बेचेको भन्दै महानगरको बजार अनुगमन समितिले ५० हजार जरिवाना तिराएको हो ।

बजार अनुगमनको क्रममा उक्त चमेना गृहमा बासी पकौडा ब्रिकी गरेको पाइएको थियो । समितिले बासी खाजा नखुवाउन सचेतसमेत गराएको छ । साथै तीन चारपटक भन्दा बढी पटक एउटै तेल प्रयोग नगर्न सचेत गराएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>