चितवन विशेष

मगर दिवसमा हाजिरीजवाफ प्रतियोगिताः प्रीज्मा आले मगरको समूह प्रथम

Banner

चितवन, फागुन १५–

नेपाल मगर संघको ४२औँ स्थापना दिवसको अवसरमा नेपाल मगर विद्यार्थी संघ चितवनले हाजिरीजवाफ प्रतियोगिता गरेको छ ।

मङ्गलबार नारायणगढमा भएको हाजिरीजवाफ प्रतियोगितामा उपाध्यक्ष प्रीज्मा आलेमगरको समूह प्रथम भएको छ । उनको समूहले नगद एक हजार राशिसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेको छ ।

यस्तै सहसचिव एलएक्स पेमीमगरको समूहले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । अध्यक्ष मिलन पाटामगरको समूहले तृतीय र सचिव प्रतिक थापामगरको समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । मगर विद्यार्थी संघ चितवनको वर्तमान कार्यसमितिभित्रको पदाधिकारी पदमा रहेका व्यक्तिहरुको समूह बनाइ हाजिरीजवाफ खेलाइएको विद्यार्थी संघका सल्लाहकार ईश्वर रानामगरले जानकारी दिए ।

पाँच वटा समूहमा प्रतिसमूह पाँच–पाँच जनालाई सहभागी गराइएको थियो । विद्यार्थीहरूलाई मगर जाति र समुदायसँग सम्बन्धित विगत र वर्तमानबारे जानकारी गराउने उद्देश्यले मगर दिवसकै अवसरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

हाजिरीजवाफ हुनुपूर्व शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघका इकाइ, जिल्ला, प्रदेश तथा केन्द्रका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>