घटना -दुर्घटना
नारायणी पुलबाट हामफालेका एक जनाको सकुशल उद्धार,भरतपुर अस्पतालमा उपचार गरिँदै
०

चितवन, फागुन १३-
भरतपुर महानगरपालिका–७ कृष्णपुरका एक जनाले नारायणी पुलबाट आज बिहान हामफालेका छन् । पुलको बीचबाट नदीमा हामफालेका ६० बर्षका गंगाधर भुसाललाई नारायणगढ प्रहरीले सकुशल उद्धार गरेको छ । भुसाललाई उद्धार गरी भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । औषधि सेवन गरिरहेका भुसालको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























