चितवन विशेष
लोकसेवा पढ्न अपाङ्गता भएका विद्यार्थीलाई सी स्टार कन्सल्टेन्सीको सहयोग
०

चितवन, फागुन १३-
सप्तगण्डकी बहुमुखी क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत ओमप्रकाश गाहा मगरलाई सीस्टार कन्सल्टेन्सीले सहयोग गरेको छ ।
मगरलाई लोकसेवा तयारीको लागि कन्सल्टेन्सीले १० हजार रुपैयाँ बराबरको सहयोग गरेको हो ।
प्युठानबाट भरतपुर–१३ बसाँइ सरी आफ्नो अध्ययन अगाडि बढारहेका मगर सानैमा रुख बाट लडेर उपचार नपाएपछि राम्रोसँग उभिएर हिडडुल गर्न सक्दैनन् । मगरलाई लोक सेवा तयारी कक्षा अध्ययनमा सहयोग पुग्ने अपेक्षासहित उक्त सहयोग गरिएको सी स्टार एजुकेसन कन्सल्टेन्सीका सञ्चालक बसन्त पोखरेलले जानकारी दिए । भरतपुर–१०, सप्तगण्डकी चोकमा रहेको कन्सल्टेन्सीले विधार्थीलाई जापान र कोरियाको अध्ययनमा तथा कामदार भिषाको काम गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























