Breaking News
सोविताको आक्रोशः त्यो सडकमा दुर्घटनाले मृत्यु भए राज्यद्वारा गरिएको हत्या हुनेछ
०

काठमाडौँ, फागुन १३-
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले भासिएको सडक ६ महिनाभन्दा बढी हुँदा पनि सरकारले नहेरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले साँखु–फड्केश्वर सडक खण्ड अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर २ शंखरापुर नगरपालिका- १ नाङलेमा सडक भासिएको ठाउँबाट कुनै पनि बेला पहिरोले त्यसमुनि रहेका गाउँमा क्षति पुग्ने र सवारी साधन खसेर ठुलो जनधनको क्षति हुने सम्भावना रहेको बताइन् ।
सांसद गौतमले भनिन–‘मैले यसरी सांसदबाट सरकारलाई ध्यानाकर्षण गराउँदा पनि त्यहाँको बाटो बन्दैन भने, त्यहाँ कुनै दुर्घटना भयो, जनधनको क्षति भयो, कुनै मानिसको मृत्यु भयो भने म सरकारलाई खबरदारी गर्न चाहन्छु, खबरदार सरकार, त्यो कुनै दुर्घटनाबाट भएको मृत्यु हैन, त्यो राज्यद्वारा गरिएको हत्या हुनेछ । ’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























