चितवन विशेष

स्व.मैनालीको सम्झनामा भरतपुरमा २५ सहित ४० पिन्ट रगत संकलन

०
Banner

चितवन, फागुन १२–

विश्व रक्तदाता स्व.अर्जुन प्रसाद मैनालीको १३ औं दिनको पुन्य तिथिमा चितवनको भरतपुरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा भरतपुरस्थित प्रादेशिक रक्तसञ्चार केन्द्र र काठमाडौमा एकैपटक रक्तदान कार्यक्रम आयोजना भएको थियो । भरतपुरमा भएको रक्तदानमा २५ पिन्ट र काठमाडौमा १५ पिन्ट गरि जम्मा ४० पिन्ट रगत संकलन भएको थियो ।

विश्वको ६ वटा महादेश र २० भन्दा बढी देशमा पुगी रक्तदान र रक्तदाताहरुलाई उत्प्रेरणा गर्दै विश्वमा ‘विश्व रक्तदाता’ ले चिनिनु भएका मैनालीको माघ २९ गते अमेरिकामा मृत्यु भएको थियो । त्यसैको सम्झनामा रक्तदाताहरुको संस्था ब्लड डोनर्स सोसाइटी नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

स्व.मैनाली संस्थाका संस्थापक सल्लाहकार समेत रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>