चितवन विशेष

स्व.मैनालीको सम्झनामा भरतपुरमा २५ सहित ४० पिन्ट रगत संकलन

Banner

चितवन, फागुन १२–

विश्व रक्तदाता स्व.अर्जुन प्रसाद मैनालीको १३ औं दिनको पुन्य तिथिमा चितवनको भरतपुरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा भरतपुरस्थित प्रादेशिक रक्तसञ्चार केन्द्र र काठमाडौमा एकैपटक रक्तदान कार्यक्रम आयोजना भएको थियो । भरतपुरमा भएको रक्तदानमा २५ पिन्ट र काठमाडौमा १५ पिन्ट गरि जम्मा ४० पिन्ट रगत संकलन भएको थियो ।

विश्वको ६ वटा महादेश र २० भन्दा बढी देशमा पुगी रक्तदान र रक्तदाताहरुलाई उत्प्रेरणा गर्दै विश्वमा ‘विश्व रक्तदाता’ ले चिनिनु भएका मैनालीको माघ २९ गते अमेरिकामा मृत्यु भएको थियो । त्यसैको सम्झनामा रक्तदाताहरुको संस्था ब्लड डोनर्स सोसाइटी नेपालले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

स्व.मैनाली संस्थाका संस्थापक सल्लाहकार समेत रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>