चितवन विशेष

सनराइज इङ्ग्लिस स्कुलमा ७०० बालबालिकाको दाँत परीक्षण

Banner

चितवन, फागुन १२–

भरतपुरको सनराइज इङ्ग्लिस स्कुलमा ७०० बालबालिकाको दाँतको परीक्षण गरिएको छ ।

स्कुलमा युवा रेडक्रस सर्कल र स्कुलको आयोजनामा एक दिने निःशुल्क दन्त शिविर गरिएको हो ।

शिविरमा विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत करिब ७०० बालबालिकाको दाँतको परीक्षण गरिएको विद्यालयले जनाएको छ । शिविरलाई चितवन मेडिकल कलेज, कलेज अफ डेन्डल साइन्सेजका १२ जना डाक्टर तथा प्राविधिकहरुले सहयोग गरेका छन् । शिविरमा विद्यालयका प्रिन्सिपल शिवकुमार बगालेले डाक्टर तथा प्राविधिक टोलीलाई धन्यवाद दिए । कार्यक्रममा सनराइज स्कुलका अध्यक्ष हेमराज शर्माले शुभकामना मन्तव्य राख्दै कार्यक्रमले विद्यार्थीलाई प्रत्यक्ष लाभ पु¥याउने र आगामी दिनमा पनि यस किसिमका कार्यक्रमको निरन्तरताको अपेक्षा राखे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>