घटना -दुर्घटना

रत्ननगरको एकता शिशु निकेतनको होस्टेलमा १४ वर्षीय छात्राले गरिन् आत्महत्या

Banner

चितवन, फागुन १२-

रत्ननगर नगरपालिका–१० मा रहेको एकता शिशु निकेतनको होस्टेलमा एक छात्राले आत्महत्या गरेकी छन् ।

आज बिहान कक्षा ८ मा पढ्ने १४ वर्षीय छात्रा शालिन पोखरेलले आत्महत्या गरेकी हुन् ।

एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटाका अनुसार बिहान खाना खाने समयमा उनी नआएपछि कोठामा हेर्न जादा स्काउटको डोरीमा झुण्डिएको अवस्थामा भेटिएको छ । घटनाको बारेमा प्रहरीले छानबिन गरिरहेको छ भने उनको बुबा काठमाडौँबाट आउँदै गरेकोले कुनै निर्णय नभएको देवकोटाले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ बिगत तीन वर्षदेखि पोखरेल विद्यालयमा अध्ययनरत थिइन् । उनको पढाइलेखाइदेखि समग्र क्रियाकलाप ठिक थियो । अचानक यस्तो भयो ।’ मृतक छात्रा बुवाआमाको सम्बन्धबिच्छेद भएपछि गोरखा घर भई रत्ननगर वडा नं १५ माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी थिइन् । उनको आमा वैदेशिक रोजगारीको लागि दुवई र बुवा काठमाडौँमा रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>