खेलकुद

वाफ च्याम्पियनसिपमा नेपालले आज प्यालेस्टाइनसँग खेल्ने

०
Banner

काठमाडौं, फागुन १२-

साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा शनिबार नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ।

अघिल्ला दुई खेलमा जित निकालेको नेपालले समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र प्यालेस्टाइन यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन्।

अब समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनको सामना गर्दा सिरियाले इराकको सामना गर्नेछ। त्यसैगरी समूह ‘ए’ बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ। समूह ए बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन्।

नेपाल र प्यालेस्टाइनबीचको खेल नेपाली समयअनुसार राति सवा ९ बजे शुरु हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>