देश/प्रदेश

नापी सर्वेक्षक र मालपोत कार्यालयका नासुसहति पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Banner

काठमाडौँ, फागुन ११-

नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित ५ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । २ लाख ५० हजार घस लिएको अवस्थामा फागुन ९ गते पक्राउ परेका उनीहरुविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

उनीहरुविरूद्ध  जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको हो ।

नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदिप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढीको काम गर्ने दिनेश बन्जाराविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>