समाचार

गुल्मीमा माओवादीले जितेका पालिका कार्यसम्पादनमा अब्बल

०
Banner

गुल्मी, फागुन ११-

गुल्मीमा नेकपा माओवादी केन्द्रले जितेका पालिका कार्यसम्पादनमा अब्बल देखिएका छन् । ०७९ सालमा गुल्मीमा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चार पालिकाका अध्यक्ष जितेको थियो । जसमा चारै पालिका कार्यसम्पादनमा उत्कृष्ट देखिएको विभिन्न तथ्याङ्कहरुले देखाएको छ ।

बुधबार मात्रै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक बर्ष २०७९–८० को कार्यसम्पादन मूल्याकंनको आधारमा पालिकाहरुले प्राप्त गरेको अंक सार्वजनिक ग¥यो । जसमा गुल्मीको मालिका गाउँपालिका देशभरकै ४६० गाउँपालिकामध्येमा प्रथम एवं देशभरका ७५३ पालिकामध्ये तेस्रो स्थान हाँसिल ग¥यो । मालिकाले कुल ५५.४ अंक प्राप्त गरेको छ ।

आयोगले विभिन्न १७ सूचिको आधारमा मूल्याकंन गरेको हो । जसमा असार १० गतेभित्र बजेट पेश गरे–नगरेको, असार मसान्तभित्र बजेट पारित गरे–नगरेको, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे–नगरेको लगायतका रहेका छन् । त्यसैगरी आवधिक योजना तर्जुमा गरे–नगरेको, चारपटक गर्भ जाँच गरेका महिलाको अनुपात, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर लगायतका सूचकहरुको आधारमा आयोगले पालिकाहरुलाई अंक दिएको हो । यो समाचार राजधानी दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>