राजनीति

देउवाले भने ‘विकास र समृद्धिका लागि नीतिगत नेतृत्व कांग्रेसले गर्छ’

Banner
ललितपुर, फागुन १० –
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठककोे आज समापन गर्दै उहाँले सहभागीबाट महत्वपूर्ण सुझाव प्राप्त भएको भन्नुहुँदै प्राप्त सुझावलाई केन्द्रीय कार्यसमितिले परिमार्जन गरे पारित गर्ने बताउनुभयो ।
“प्राप्त सुझावलाई समेटेर केन्द्रीय समितिले पूर्णता दिनेछ । यसैको आधारमा आगामी केन्द्रीय समितिले प्रतिवेदन प्रकाशित गर्नेछ”, सभापति देउवाले भन्नुभयो, “महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्वको आधार बनेको छ । विगतमा आन्दोलन र अभियानको नेतृत्व गर्यौँ, अब विकास र समृद्धिका लागि नीतिगत नेतृत्व कांग्रेसले गर्छ ।” उहाँले काँग्रेस सदैव नेपाली राजनीतिको मियोकारुपमा रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अगाडि बढ्ने बताउनुभयो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा पार्टी र सरकार सञ्चालनका सन्दर्भमा महत्वपूर्ण सुझाव प्राप्त भएको बताउनुभयो । “कांग्रेस जहिले पनि मुलुकको मध्यमार्गी पार्टीको रुपमा स्थापित हुँदै आएको छ । यो धारलाई दायाँबायाँ हुन दिँदैनौँ”, उहाँले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>