राजनीति

सभापति लामिछाने र राजदूत लोरेन्जोबीच भेटवार्ता

Banner

काठमाडौँ, फागुन १०-
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने र नेपालका लागि यूरोपियन यूनियन ९इयू० का राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा आज भएको भेटवार्तामा दुवैबीच दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको रास्वपाका केन्द्रीय सदस्य एवं सहप्रवता प्रतिभा रावलले जानकारी दिनुभयो । सभापति लामिछाने र राजदूत लोरेन्जोले नेपाल र इयूको पचास वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिएका उहाँले बताउनुभयो ।

सभापति लामिछानेले पर्यटन प्रवर्द्धनका लागि इयूले नेपाललाई कायम राखेको ‘एयर सेफ्टी लिष्ट’बाट हटाउन पहलका लागि राजदूत लोरेन्जोलाई अनुरोध गर्नुभएको थियो । सो अवसरमा राजदूत लोरेन्जोले यो विषय आफ्नो पनि प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालले हवाई सुरक्षाका लागि योजनावद्ध रुपमा काम गर्न इयूले नेपाल नागरिक प्राधिकरणसँग समन्वय गरिरहेको भनाइ राख्नुभएको सहप्रवता रावलले जानकारी दिनुभयो ।

भेटवार्तामा सभापति लामिछानेले उर्जा, सूचना प्रविधिलगायत क्षेत्रमा नेपालका लागि विदेशी लगानी र प्राविधिक सहयोग आवश्यक रहेकाले त्यसमा इयूले सकारात्मक योगदान पु¥याइदिने अपेक्षा राख्नुभएको उहाँले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>