राजनीति

नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्यःशशांक कोईराला

Banner

काठमाडौँ, फाल्गुन १०-
नेपाली काँग्रेसका नेता डा.शशांक कोईरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताएका छन्।

बिहीवार महासमिति बैठकको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुने बताए। धर्म निरपेक्ष बनाउन नै गलत भएको उनको भनाइ छ। उनले ३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरु बन्नेकुरा राम्रो नहुने बताए।

उनले भने, ‘धर्म सम्बन्धी एउटा कुरा हो। धर्म न निरपेक्ष हुन्छ, न धर्म सापेक्ष हुन्छ। धर्म स्वतन्त्र हुन्छ। चार तारामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो। धर्म स्वतन्त्र हुन्छ। तर दुर्भाग्यवश हामीले धर्म निरपेक्ष बनायौं, यो गलत हो। हाम्रो पार्टी कमजोर छैन, हामीले गठबन्धन गर्नुपर्ने आवश्यकता म देख्दिनँ। गठबन्धन आफ्नो साथीहरुसँग गर्नुस्। नेपाली काँग्रेसको जुन मत खस्छ, त्यो ३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरुको बन्ने त्यस्तो काँग्रेस हामीलाई चाहिँदैन। चुनाव भन्दा पहिला नै गठबन्धन गर्नु दुर्भाग्य हो। गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउँदा गर्नुपर्छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>