Breaking News

चितवनमा पासपोर्ट बनाउनेको संख्या निरन्तर बढ्दै, नौ दिनमा ९८२ जनाले लिए पासपोर्ट

Banner

पूजा ढकाल

चितवन, फागुन १०–

चितवनमा पासपोर्ट (राहदानी) का लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेकोे संख्या बढ्दै गएको छ ।

गत आर्थिक वर्ष २०७९\०८० को तुलनामा चालू आर्थिक वर्ष २०८०\८१ मा पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनेको संख्या बढ्दै गएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनको राहदानी विभागमा रहेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८०\८१ को माघसम्म १८ हजार ५७६ जनाले पासपोर्ट बनाउन आवेदन दिदाँ आर्थिक वर्ष २०७९\८० को माघसम्म ११ हजार ८०६ जनाले पासपोर्टका लागि आवेदन दिएका थिए । जुन संख्या सात हजारले बढी हो । फागुनको १ गतेदेखि हिजो ९ गतेसम्म ७४३ जनाले आवेदन दिएका छन् भने ९८२ जनालाई पासपोर्ट बितरण भएको छ ।

त्यस्तै विभागले नारायणी अनलाइनलाई दिएकोे तथ्यांकमा गत आर्थिक वर्ष २०७९\२०८० मा २६ हजार ५६२ जनाले पासपोर्टको लागि आवेदन दिदाँ आर्थिक वर्ष २०७८\०७९ मा १३ हजार ६५० ले आवेदन दिएका थिए । जुन संख्या आर्थिक वर्ष २०७८\०७९ को भन्दा २०७९\२०८० मा ४८ प्रतिशतले बढ्न गएको हो ।
उक्त तथ्यांक अनुसार प्रशासनले चालु आवको फागुन ९ गते सम्म १७ हजार ४८८ जनाको पासपोर्ट वितरण गरेको छ । गत आव २०७९\२०८० को माघसम्म जम्मा १० हजार ८४० जनालाई पासपोर्ट वितरण गरेको छ । तर, गत आवमा भने विभागले जम्मा २३ हजार ५८ जनाको पासपोर्ट वितरण गरेको थियो । त्यस्तै आव २०७८\२०७९ मा पनि विभागले १४ हजार ८९५ जनाकोे पासपोर्ट वितरण गरेको तथ्यांकमा उल्लेख छ ।

विगत १० वर्ष सम्म कुनै देशको भिषा नलागेपनि पासपोर्ट नविकरण गर्न आएका कालिका नगरपालिका–७ का मुकेश पौडेलले मिडिया खोल्दा देशमा यो छैन÷त्यो छैन भन्ने समाचार आउँने भन्दै निराशा व्यक्त गरे । उनले आफूले जतिबेला पनि विदेश जानपर्न सक्छ भनेर पासपोर्ट नविकरण गर्न आएको बताए । उनले विदेशिने युवालाई रोक्न नेपालमा उत्पादन हुने वस्तुको उत्पादन अझै बढाउँदै लैजानुपर्ने विचार राखे ।

त्यस्तै पासपोर्ट नविकरणका लागि आएका चितवनका व्यापारी नवराज पौडेलले नेपालको राज्य, सरकारी निकायहरु नियममा चल्न नसक्दा युवा विदेश जान बाध्य भएको बताए । एकैपटक सबै परिवर्तन गर्न नसकिए पनि सानो सानो प्रयासबाट सबै सम्भव हुने बताउँदै उनले भने, ‘राज्य यसप्रति उत्तरदायी हुनपर्छ, राज्यका नियमलाई व्यवस्थित तरिकाले पालना गर्नुपर्छ र सरकारी निकायमा जनताले सेवा भन्दा बढी कठिनाई पाउने भएकोले यसलाई पनि सहज वातावरण बनाउनुपर्छ । ’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>