देश/प्रदेश

तोसिमाको प्रश्नः उपचार शुल्क अस्पतालमा किन फरक, मापदण्ड बनाउनुपर्दैन ?

Banner

काठमाडौँ, फागुन १०-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले उपचार र परीक्षण शुल्क अस्पतालमा फरक भएकोमा आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद कार्कीले नुनदेखि सुनसम्मको मूल्य तोक्दा स्वास्थ्यजस्तो गम्भीर र संवेदनशील विषयमा सरकारले शुल्क नलिएर अस्पतालहरूले शुल्क लिने गरेको बताएकी हुन् । उनले राज्यले स्वास्थ्यमा सबै नागरिकको समान पहुँच हुने भने पनि व्यवहारमा त्यस्तो नदेखिएको विचार राखिन् ।

‘कुन उपचार, कुन परीक्षणको कति लाग्छ भन्नेमा न शुल्क निर्धारण छ न त नियमन नै । अस्पताल र प्रयोगशालाहरूले आफूखुशी शुल्क तोकिरहेका हन्छन् । निजीमात्र होइन सरकारी अस्पतालमा समेत शुल्कको एकरूपता छैन,’ उनले भनिन् ।

संविधानको प्रावधानअनुसार नागरिकले कस्तो उपचार कति रूपैयाँमा हुन्छ र त्यसका जोखिमहरू के–के हुन्छन् भनेर सबै नागरिकले जानकारी पाउनुपर्ने उनले बताइन् । हरेक सेवा शुल्कबारे नागरिक बडापत्र बनाएर सबैले देख्ने ठाउँमा राख्नुपर्छ नियम भए पनि अधिकांश अस्पतालले यो नियमको पालना नगरेको उनले बताइन् ।

‘कतिपय अस्पतालमा पैसा तिर्ने झ्यालमा पुगेपछि थाहा हुन्छ कुन उपचारको कति पैसा पर्छ भनेर । त्यो पनि अस्पतालपिच्छे फरकफरक छन्,’ उनले भनिन्।

सांसदक कार्कीले भिडिओ एक्स–रे एउटै टेस्टको शुल्क ५ सयदेखि २५ सयसम्म लिइने गरेको पाएको बताइन् । ल्याब टेस्ट र अपरेशन शुल्कमा स्थिति अझै बिकराल रहेको उनको दाबी छ ।

‘पित्तथैलीको अपरेसन गर्नलाई, एपेन्डिक्स फाल्ने अपरेसन गर्न ३० हजारदेखि डेढ लाख तिरिरहेका हुन्छन् नागरिकहरूले । एकै देशमा एउटै प्रबिधिबाट गरिने उस्तै उपचारको शुल्क कन अस्पतालपिच्छे फरक छ ? यसको मापदण्ड खोई ?,’ उनले भनिन् । अहिले पैसा हुनेले सहज उपचार पाउने र पैसा नहुनेले सस्तो कहाँ पाउँछ भनेर भौँतारिँदै हिँड्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>