कृषि

संसदमा रवि लामिछानेले भनेः सरकारले किसान आन्दोलनलाई नजर अन्दाज नगरोस्

Banner

काठमाडौं, फागुन १०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई बेवास्ता नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले देशभरिका दूध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए ।

‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध किसान र मह किसानहरु मारमा परेका छन् । अर्कोतिर पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन् । होशियार रहनुहोला,’ उनले भने ।

उनले भूमिहीन सुकुमबासीहरुलाई चुनावी फन्डाका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने गरेको भन्दै चुनावी फन्डा नभइ सुकुमबासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्ने बताए ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>