गण्डकी

पोखरा महानगरको कार्यसम्पादन देशभरमै सबैभन्दा कमजोर

Banner

पोखरा,फागुन ९-

पोखरा महानगरपालिकाको कार्यसम्पादन देशभरकै कमजोर देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको अध्ययनअनुसार पोखराको कार्यसम्पादन देशका ६ महानगरमध्ये सबैभन्दा कमजोर देखिएको हो । आयोगले १४ वटा सूचकको नतिजा समेत सार्वजनिक गरेको हो । पोखराले पहिलो सूचकमा ५, दोस्रो, चौथो, पाँचौँ, सातौँ र आठौँ सूचकमा नम्बर पाएको छैन । सूचक ९ मा ५ नम्बर पाएको छ भने १० र ११ मा कुनै नम्बर पाएन । बाह्रौँ सूचकमा ३ अङ्क, तेह्रौँमा १।२९, चौधौँमा ३, पन्ध्रौँमा ३, साह्रौंमा ०।४५ गरी २०।७५ अङ्क पाएको हो ।

पालिकाले समयमा बजेट पेश गरे नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए/नदिएको लगायतका आधारमा मूल्याङ्कन गर्ने गरिएको थियो । तर मेयर धनराज आचार्य भने पोखराले अब्बल कार्य सम्पादन गरेको दाबी गर्न छोड्दैनन् । आयोगले नतिजा सार्वजनिक गर्ने बित्तिकै उनले सामाजिक सञ्जाल फेसबुकमा पोखराले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) र वित्तीय सुशासन जोखिम मूल्याङ्कन (फ्रा) मा ल्याएको नम्बरको विवरण पोष्ट्याए ।

वित्त आयोगले आगामी वर्ष वित्तीय समानीकरणको रकम हस्तान्तरण गर्न यस्तो मूल्याङ्कन गर्छ । धेरै अङ्क पाउनेले धेरै रकम पाउँछ भने कम अङ्क पाउनेले कम रकम पाउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>