चितवन विशेष

भरतपुरमा लागू औषधको असर बारे स्वास्थ्य सचेतना

Banner

चितवन, फागुन-८
भरतपुरमा लागू औषध दुर्ब्यसन तथा सुर्तीजन्य पदार्थको सेवनका असर सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आमा बच्चा स्वास्थ्य नेपालकाे आयोजनामा भएको कार्यक्रममा सामुदायिक तथा सस्थागत विधालयका रेडक्रस तथा स्काउट शिक्षक, विध्यार्थी नायकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा मनकामना अस्पतालका वरिष्ठ पेट तथा छातिराेग विशेषज्ञ डा. उत्सव अधिकारी, आस्था मिश्र, राेजल श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
धुर्व प्रसाद काफ्लेको अध्यक्षता तथा भरतपुर-१० का वडाध्यक्ष पर्मेश्वर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भरतपुर प्याब्सनका अध्यक्ष लेखनाथ खनाल, रश्मि पाैडेल, पञ्च माया तामाङ ,ईश्वरा तिवारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमा सहभागी सम्पूर्णलाई स्वागतसहित कार्यक्रमकाे उदेश्य मनकामना हस्पिटल प्रा ली प्रमुख कार्यकारी अधिकृत दिलिप घिमिरेले प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन अस्पतालकि नर्सिङ प्रमुख साथै आयोजक सस्थाकी अध्यक्ष कविता खतिवडाले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>