अन्तर्राष्ट्रिय

विश्वभर हैजाविरुद्धको खोपको अभाव, गम्भीर अवस्था आउन सक्ने डब्ल्यूचओको चेतावनी

Banner

फागुन ८-

विश्वभर हैजाविरुद्धको खोपको अभाव भएको छ । संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले हैजाविरुद्धको खोपको विश्वव्यापी आपत्कालीन भण्डारसमेत खाली हुन लागेको चेतावनी दिएका समाचार संस्था रोयटर्सले जनाएको छ । बाँकी रहेको खोप अहिले हैजाको प्रकोपसँग लडिरहेका देशहरूलाई छुट्याइएकोले अब ठूलो समस्या निम्तन सक्ने संयुक्त राष्ट्र सङ्घको चेतावनी छ ।

विश्वव्यापीरूपमा हैजाका बिरामी बढ्दै जाँदा माग झनै बढ्ने अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का हैजा प्रमुख फिलिप बार्बोजाले अहिले खोपका भण्डारहरू खाली रहेकाले निकट भविष्यमा ठूलो चुनौती आइपर्ने बताउनुभएको खबरमा उल्लेख छ ।

अहिले डब्ल्यूएचओको मान्यता प्राप्त एक मात्रै कोरियाली कम्पनी युबियोजोलिक्सले हैजाविरुद्धको खोप उत्पादन गरिरहेको छ । यसले मासिक जम्मा २५ लाख र वार्षिक तीन करोड मात्रा खोप उत्पादन गर्दछ । सामान्यतया वार्षिक चार करोड मात्रा खोपको माग हुने गरेकोमा यो वर्ष १० करोड मात्रा माग पुग्ने अनुमान छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>