Breaking News

राष्ट्रिय झन्डा फहराउँदै पोखराको हट एअर बेलुन कम्पनी ‘इन्टरनेसनल बेलुन फियस्ता’ मा सहभागी

Banner

पोखरा, फागुन ७-

हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ‘इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागिता जनाएको छ । इन्टरनेसनल बेलुन फियस्ता गत बुधबारदेखि सुरु भएको हो । जस्मा नेपालबाट प्रतिनिधित्व गर्दै पोखराको बेलुन नेपाल कम्पनीका अध्यक्ष बिक्रम बाडे र निर्देशक बि बि ढकाल सहभागी भएका छन् ।

पाँच दिने सो फेस्टिभलमा पालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागीता रहेको थियो । सो कार्याक्रममा २० व्यवसायिक तथा ६० वटा मिनी सहित ८० वटा बेलुन उडाइएको र बेलुनमा २० वटा मुलुकको राष्ट्रिय झन्डा फहराउँदा एक बेलुनमा नेपालको राष्ट्रिय झन्डा पनि फहराएको निर्देशक ढकालले जानकारी दिए ।

‘मुलुकको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम निकै राम्रो हुने रहेछ, निर्देशक ढकालले भने, ‘नेपालमा बेलनु पनि छ भन्ने जानकारी दिन पाउनु खुसीको कुरा हो ।’

त्यस्तै कार्यक्रम अवधिमा खटिएका पाइलट र बलुन क्रूको सम्मानमा आइतबार साँझ बेलुन नेपालको संयोजनमा रात्री भोज सहित नेपाली नाइट आयोजना गरिएको थियो । सो अवसरमा पाइलट र क्रूहरुलाई नेपाली ढाका टोपी र खादाले सम्मान गर्दै बुद्धको प्रतिमा उपहार दिइएको ढकालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>