क्रिकेट

एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडासँग नेपाल ४ विकेटले पराजित

Banner

काठमाडौँ, फागुन ६-

एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालसँग क्यानडाले पहिलो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा क्यानडाले पहिलो खेलमा ४ विकेटको जित हात पारेको हो ।

नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ रनको लक्ष्य दिएको थियो । त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो । नवनित दलिवालले ८० र निखिल दत्तले ६७ रन बनाए ।

यसअघि मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । अहमद ५० रनमा अविजित रहे । रासिद खानले ४० रन बनाए भने मयन यादवले ३६ रन जोडे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>