Breaking News

भरतपुर महानगरका २८ प्रहरी दिक्षित,अब डिएसपीको कमाण्डमा ७३ प्रहरी

Banner

चितवन,फागुन ६-

भरतपुर महानगरपालिमा नियुक्त भएका २८ जना नगरप्रहरी दिक्षित भएका छन् । छ हप्ता लामो तालिम पुरा गरेपछि आज (आइतबार) एक कार्यक्रमको आयोजना गरी महानगरप्रमुख रेनु दाहालले उनीहरुलाई दिक्षित गर्नुभएको हो । दिक्षित हुने नगर प्रहरीमध्ये नायब उपरिक्षक एक, नायब निरिक्षक एक, साहायक निरिक्षक तीन र प्रहरी जवान २३ जना रहेका छन् । महानगरपालिकाले प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक कृष्ण हरी ढकाल सहित २८ जनालाई पुस १६ गते नियुक्त गरेको थियो । यससंगै भरतपुरमा २०५२ सालमा पाँच जनाबाट सुरु भएको नगरप्रहरीको संख्या ७३ पुगेको छ । यो अवधिमा आठ पटकसम्म नगरप्रहरीको दरबन्दी थप गरिएको महानगर प्रहरी प्रमुख डिएसपी ढकालले जानकारी दिनुभयो । महानगरमा २०५३ मा एक, २०५४ मा पाँच, २०५५ मा एक, २०६० मा दुई, २०६८ मा दुई, २०७६ मा ११, २०७८ मा २५ र २०८० मा २८ जना नगरप्रहरी थप भएका छन् ।

नगरप्रहरीलाई दिक्षित गर्दै महानगरप्रमुख दाहालले जनभावना अनुसार काम गर्न निर्देशन दिनुभयो । उहाँले नगरप्रहरीको जिम्मेवारी बहन गर्दै काम गर्न समेत अनुरोध गर्नुभयो । ‘महानगरको सुरक्षालाई ध्यानमा राखेर काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएकी छु’, उहाँले भन्नुभयो, ‘नगरपालिकाको आचारसंहितामा रहेर काम गर्न निर्देशन दिन्छु ।’ उहाँले नगरप्रहरीलाई कार्यसम्पादनको आधारमा सम्मान गरीने समेत बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नगरको शान्ति सुरक्षामा नगरप्रहरीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले नगरको शान्ति सुरक्षामा नगरप्रहरीसंग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले नगर प्रहरीले गर्ने काम नगरप्रमुख र प्रशासकीय अधिकृतसंग जोडिने भएकाले सोच बिचार गरेर काम गर्न निर्देशन दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>