खेलकुद

गणेशबहादुर स्मृति फुटबलः उपाधिका लागि भोजाड र युनिक निलो भिड्ने

Banner

चितवन, फागुन ५–

छैटौं गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलको उपाधिका लागि भोजाड एफसी र नारायणी मोटर्स युनिक एफसी निलो भिड्ने भएका छन् ।

आज (शनिबार) सम्पन्न सेमिफाइनल खेलमा जित हात पार्दै भोजाड र युनिकले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो खेलमा यात्रा ग्रुपलाई १० ले पराजित गर्दै भोजाड उपाधि नजिक पुगेको हो । भोजाडको जितमा खेलको १६ औं मिनेटमा सन्देश श्रेष्ठले निर्णायक गोल गरे । भोजाडका गोलरक्षक मनिष गुरुङ म्यान अद दि म्याच भए ।

आजै सम्पन्न दोस्रो सेमिफाइनलमा ठोरी एफसीलाई हराउँदै आयोजक युनिक निलोले भोजाडसँगको उपाधि भिडन्त पक्का गर्‍यो । प्रतिपर्धात्मक खेलमा युनिक २-१ ले विजयी भयो । युनिकको जितमा सरद गुरुङ र उज्वल गुरुङले गोल गरे । ठोरीका दीपेश लामिछानेले एक गोल फर्काए ।

खेलको पहिलो हाफको २४ औं मिनेटमा सरदको गोलबाट युनिकले अग्रता लिएको थियो । दोस्रो हाफको २८ औं मिनेटमा ठोरीका दीपेशले बराबरी गोल फर्काए । ३५ औं मिनेटमा उज्वलले गोल गरेपछि युनिक उपाधि नजिक पुगेको हो । युनिकका सौरभ प्रजा म्यान अफ दि म्याच भए ।

फाइनल खेल ७ गते सोमबार हुनेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३-३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>