चितवन विशेष

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पः उपाधिका लागि १० प्रतियोगीले प्रतिस्पर्धा गर्ने

Banner

चितवन, फागुन ५–

एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्पको तेस्रो संस्करणको उपाधिका लागि १० प्रतियोगी प्रतिस्पर्धा गर्ने भएका छन् ।

एक्सपर्ट बेस क्याम्प भरतपुरमा शनिबार भएको सेमीफाइनल प्रतिस्पर्धामा सहभागी २० प्रतियोगी मध्ये १० जना फाइनलमा प्रवेश गरेका हुन् ।

सेमीफाइनलमा कडा प्रतिस्पर्धाबीच १० जना प्रतियोगी फाइनलमा स्थान सुरक्षित गर्न सफल भएको आयोजक संस्था विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिका निर्देशक विमोचन आचार्यले जानकारी दिए । क्वाटरफाइनलमा ३२ प्रतियोगीले प्रतिस्पर्धा गरेपछि २० जना सेमीफाइनलमा प्रवेश गरेका थिए । उनीहरुबीच कडा सेमीफाइनलमा कडा प्रतिस्र्धा चलेको थियो । सेमीफाइनलमा निर्णायकको भूमिका अग्रज संचारकर्मी अमर प्रधान, अजिता अधिकारी र प्रवेश किरण रहेका थिए ।

प्रतियोगिताको मुख्य प्रायोजन विदेश जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श गर्दै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले गरेको छ ।

प्रतियोगितामा पहिलो अडिसन माडीमा गरिएको थियो । त्यसलगत्तै गैंडाकोट, पश्चिम चितवन, कावासोती, पर्सा, टाँडी र भरतपुरमा अडिसन भएका थिए । त्यसबाट झण्डै १०० जना प्रतियोगी पहिलो चरणमा छनोट भएका थिए । यस प्रतियोगिताको पहिलो संस्करणमा अरोमा कलेजका चिन्तामणि सुवेदी पहिलो, वाल्मीकि शिक्षा सदनकी साधना पौडेल दोस्रो र न्यू क्यापिटल कलेजकी ज्योति शर्मा तेस्रो भएका थिए ।
यस्तै दोस्रो संस्करणमा अरोमा कलेजका सौगात आचार्य पहिलो, एकता शिशु निकेतनका आशिष बन्जारा दोस्रो र स्काइराइडर स्कुलकी आयुश्मा पोखरेल तेस्रो भएका थिए ।

प्रतियोगितामा पहिलो हुने विजेताले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ सहित मेडल ,ट्रफी , प्रमाण पत्र र छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>