Breaking News

नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित, १५ ओभरमा १ विकेट गुमाउदै पुरा गर्‍यो १३८ रनको लक्ष्य

Banner

काठमाडौँ, फागुन ५-

आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित निकालेको छ । नेदरल्यान्ड्सविरुद्ध आक्रामक सुरुवात नेपालले आज १५ ओभरमा १ विकेट गुमाउदै १३८ रनको लक्ष्य पुरा गरेको हो । जस्मा नेपालले ९ विकेटको सहज जित हात पारेको छ ।

आसिफ शेख ५४ रन बनाएर खेलिरहेका थिए भने अनिल साहले ५७ रन बनाएका हुन् । त्यस्तै यसअघि कुशल भुर्तेल २८ रन बनाएर भिभियिन किंग्माको बलमा क्याच आउट भएका थिए । उनले मात्र ११ बलमा २ चौका र ३ छक्का हिर्काए ।

यसअघि नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>