चितवन विशेष
चितवन प्रहरीमा ४८७ वटा सवारीसाधन बेवारिसे, हकदाबी गर्न १५ दिने सूचना सार्वजनिक
०

चितवन, फागुन ३-
चितवन प्रहरीले विभिन्न घटना तथा दुर्घटनामा नियन्त्रणमा लिएका ४८७ वटा बेवारिसे सवारीसाधन हकदाबीको लागि १५ दिने सूचना सार्वजनिक गरेको छ ।
प्रहरीले माघ २८ गते सूचना सार्वजनिक गर्दै १५ दिनभित्र हकदाबी गर्न नआए लिलामी बिक्री गरिने जनाएको हो । कार्यालयले सूचनामा यदि कसैको सवारी भएमा सवारी दर्ताको सक्कलसहित प्रबन्ध शाखामा आएर सवारीसाधन लैजान सकिने जनाएको छ । सूचनामा एम्बुलेन्स, कार बोलेरो गाडी गरेर ९ वटा चार पाङ्ग्रे सवारीसाधन र ४७८ वटा विभिन्न ब्राण्डका स्कुटर र मोटरसाइकल रहेका छन् । यसका लागि प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र पनि गरिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























