चितवन विशेष

सेन्ट्रल कलेजबाट प्रोसेस गरेका १५ विद्यार्थीले एकैपटक पाए जापानमा ब्याजलरका लागि सिओई

Banner

चितवन,फागुन ३-

सेन्ट्रल कलेजबाट जापानमा उच्च शिक्षा अध्ययनका लागि प्रोसेस गरेका १५ जना विद्यार्थीले एकैपटक ब्याजलर अध्ययनका लागि अनुमति (सिओई) पाएका छन । यसअघि जापानमा भाषा कक्षाका लागि मात्र अधिकांस विद्यार्थीहरुले अनुमति पाउने गरेका थिए । पछिल्लो समय जापानमा उच्च शिक्षा (ब्याजलर)/सेनमन अध्ययनका लागि पनि विद्यार्थीले अनुमती पाउन थालेका छन । अप्रिल इन्टेक २०२४ का लागि चार बर्षे ब्याजलर इन इन्टरनेशनल टुरिजमका लागि विद्यार्थीले सिओई प्राप्त गरेको कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । ‘ब्याजलरमा यसरी अध्ययनका लागि न्यून विद्यार्थीले जापान जाने गरेका छन,उहाँले भन्नुभयो,सेन्ट्रल कलेजले पहिलोपटक यसरी विद्यार्थी जापान पठाउँदैछ ।’ यो सफलतालाई प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेजको आजसम्मको सबैभन्दा ठूलो सफलता भएको बताउनुभयो । ‘अष्ट्रेलिया, क्यानडा जस्तै जापानमा ब्याजलर कोर्षमा अध्यनका लागि धेरै विद्यार्थीको अनुरोध थियो,उहाँले भन्नुभयो,सेन्ट्रल कलेजको अनुरोधलाई स्वीकार गरेर जापानका युनिभर्सिटीहरुले नेपाली विद्यार्थीलाई ब्याजलर अध्ययनका लागि स्वीकृती प्रदान गरेका छन ।’ उहाँले विद्यार्थीलाई सेन्ट्रल कलेजले भाषा कक्षामा दक्ष बनाएर पठाउने जानकारी दिनुभयो । यो कोर्षका लागि कलेजले समेत प्राथमिकता दिएर काम गर्ने उहाँको भनाई छ ।

जापानमा ब्याजलर अध्यननका लागि नेपालमा जापानिज भाषाको एन फो पास गरि एप्लाई गरिएको तथा एन थ्री लेभल पढाएर मात्रै पठाइने पनि उहाँले जानकारी दिनुभयो । सिधै ब्याजलरका लागि अंग्रेजी तथा जापनिज माध्यममा अध्ययनका लागि जापानका विभिन्न युनिभर्सिटीमा डेढ सय विद्यार्थीको अप्लाइ गरिएको पौडेलले बताउनुभयो । यसका लागि कक्षा १२ पास गरेको हुनुपर्नेछ । जापनिज मिडियममा पढ्न जान चाहानेले नेपालमै एन फो पास गरी एन थ्री लेवल पढेर जान सक्नेछन भने अग्रेजी माध्याममा जान चाहनेहरु अंग्रेजी भाषामा दक्ष भएको हुनुपर्नेछ ।

कलेजले नागासाकी इन्टरनेशनल युनिभर्सिटी, निसिक्युसु युनिभर्सिटी सागा, स्टएशिया युनिभर्सिटी तोवा र नागासाकी जुनियर लगायतका कलेजहरुमा डाइरेक्ट ब्याजलरका लागि अप्लाइ गरिएको कलेजले जनाएको छ । यस्तै कलेजले अक्टोबर इन्टेक २०२४ मा जापानमा भाषा कोर्ष र डाइरेक्ट ब्याजलर अध्ययनका लागि जान चाहानेहरुका लागि नयाँ भर्ना खुलेको पनि जानकारी दिएको छ ।

कलेजले जापानसंगै उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । भरतपुर ओरालोस्थित आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि निःशुल्क जापनिज, कोरियन भाषा ,आइएलटिएस ,पिटिइ कक्षाहरु र  निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको छ । विभिन्न सामाजिक काममा समेत सक्रिय सेन्ट्रल कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>