खेलकुद

गैँडाकोटलाई हराउँदै भोजाड सेमिफाइनलमा

Banner

चितवन, फागुन २-

भोजाड एफसी छैटौं गणेशबहादुर स्मृति जिल्लास्तरीय अन्डर २१ नकआउट फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (बुधबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा पटिहानी एफसीलाई २–० ले हराउँदै भोजाडले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । भोजाडको जितमा सन्देश बल र अन्जन लामाले गोल गरे ।

खेलमा भोजाडले १७ औं मिनेटमा सन्देशको गोलमा अग्रता लिएको थियो । ३० औं मिनेट अन्जनले गोल गर्दै भोजाडलाई २–० को जित दिलाए । भोजाडका हिमांंशु थापा म्यान अफ दि म्याच भए ।

यस अघि आजै सम्पन्न पहिलो खेलमा रिजेक्ट सेभेन एफसी गैँडाकोटलाई हराउँदै नारायणी एफसीले क्वाटरफाइनलमा स्थान बनाएको छ । नारायणीको जितमा विवेक परियारले १४ औं, सुजल गुरुङले १९ औं तथा अनिल वाइवाले अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गरे । सुजल म्यान अफ दि म्याच भए ।

प्रतियोगितामा बिहीबार एक खेल हुनेछ । बिहीबार दिउँसो ३ बजे हुने खेलमा रत्नप्रिय एफसी र ठोरी एफसी भिड्नेछन् । युनिक क्लब भरतपुर–११ को आयोजनामा जारी प्रतियोगिता भरको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही ३–३ हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले २ हजार प्राप्त गर्नेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>