Breaking News

पाल्पा जीप दुर्घटना अपडेट : १० जनाको मृत्यु, १६ घाइते

Banner

पाल्पा, फागुन २-

पाल्पामा हिजो बेलुकी भएको जीप दुर्घटना परी मृत्यु हुनेको संख्या १० पुगेको छ। ​८ जनाको घटनास्थलमै र २ जनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो।

तिनाउ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी र २८ वर्षीया उर्मिला अस्लामीको मृत्यु भएको हो।

यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–१४ तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल, उनकी श्रीमती ६० वर्षीय चुना रणपाल, तिनाउ गाउँपालिका–२ खुर्सानेका २० वर्षीय गीता सुनार, रिब्दीकोट गाउँपालिका–१ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, ६५ वर्षीया दिलकुमारी सुनार, रूपन्देही देवदह नगरपालिका–५ कि २९ वर्षीया दिलमाया जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

तानसेन नगरपालिका–८ डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जीप तिनाउ गाउँपालिका–६ मस्यामस्थित इकोफम हाउस नजिकै दुर्घटना भएको थियो। मंगलबार बेलुकी करिब ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

जीप अनियन्त्रित भइ दुर्घटना भएको बुझिएको छ। जीप सडकभन्दा अन्दाजी ३०० मिटर तल खसेको प्रनाउ श्रेष्ठले बताए। चालक दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>