चितवन विशेष

स्मल हेभन स्कुलमा भोलि निःशुल्क भर्ना अभियान

Banner

चितवन, फागुन १-

भरतपुरको कल्याणपुरमा रहेको स्मल हेभन स्कुलले भोलि सरस्वती पूजाको अवसरमा अक्षराम्भ गर्ने भएको छ ।

लिटल एन्जल्स स्कुलको व्यवस्थापनमा सञ्चालित स्कुलले पूर्ण मन्टेश्वरी विधिमा प्ले ग्रुप र नर्सरीका कक्षाहरु सञ्चालन गर्नको लागि यस वर्षबाट विशेष भर्ना लिन लागेको हो ।

स्कुलका प्रिन्सिपल रामचन्द्र न्यौपानेका अनुसार भोलि सरस्वती पूजाको अवसरमा अक्षराम्भ गर्नुको साथै भर्ना निःशुल्क गरिएको छ । विद्यालयले यस वर्षबाट नर्सरी तहका कक्षाहरुमा दिवा खाजा तथा खानाको व्यवस्था पनि गर्न लागेको उनले बताए । उनले भने, ‘बिगत वर्षमा सामान्य ढंगबाट भर्ना लिइए पनि यसवर्षबाट हामीले पूरा केयर गरेर व्यवस्थित ढंगबाट मन्टेश्वरी कक्षाहरु सञ्चालन गर्दै छौं ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>