स्वास्थ्य

इनर्जीको पावर हाउस हुन् भिजाएर खाइने यी खानेकुरा

Banner

काठमाडौँ, फागुन १-

बिहान उठेपछि केही चिजको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । केही खानेकुरा यस्ता पनि छन् जसलाई रातभर भिजाएर खाँदा फाइदा हुन्छ । भिजाएपछि यी खाद्य वस्तुको पौष्टिकता बढ्छ । यस्ता खानेकुराको सेवनले दिनभरको थकान हटाउँछ अ नि शरीरलाई ऊर्जा पनि दिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगहरूसँग लड्ने क्षमता प्रदान गर्छ । आजको यस लेखमा हामीहरू रातभरि भिजाएर खाँदा शरीरलाई फाइदा पुग्ने केही खानेकुराबारे कुराकानी गर्न गइरहेका छौं ।

किशमिस

किसमिसलाई रातभर भिजाएर बिहान खाँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । यसको सेवनले कब्जियतको समस्याबाट छुटकारा पाउनुका साथै पेटलाई स्वस्थ बनाउन मद्दत मिल्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसले हामीलाई सङ्क्रमण आदिबाट पनि बचाउँछ ।

भिजाइएको चना

भिजाइएको चना खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । रातभर भिजाएर बिहान खाँदा चनाले शरीरलाई दोब्बर शक्ति दिन्छ । यसमा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ । यदि तपाईँले बिहान भिजाइएको वा भिजाएर उमारिएको चना खानु हुन्छ भने तौल घटाउन पनि मद्दत मिल्छ । साथै यसले शारीरिक शक्ति पनि बढाउँछ ।

भिजाइएको बदाम

भजाइएको बदाम शरीरमा पौष्टिक तत्त्वको कमीलाई पूरा गर्न उत्तम विकल्प हो । यी खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । बदामलाई रातभर भिजाएर राख्दा यसको पोषण बढ्छ । यस कारण भिजाएको बदाम नियमित खाँदा उच्च रक्तचाप र खराब कोलेस्ट्रोलबाट राहत मिल्छ । यसबाहेक यसले स्मरण शक्ति पनि बढाउँछ ।

भिजाइएको मुङ

रातभर भिजाएर राखेपछि भोलिपल्ट बिहान मुङ टुसाउँछ । टुसा आएको मुङको सेवनले पेटको धेरैजसो समस्याबाट मुक्ति मिल्छ । भिजाएको मुङ कब्जियतका लागि निकै प्रभावकारी मानिन्छ । तपाई तौल घटाउन चाहनु हुन्छ भने बिहान टुसा उमारिएको मुङ खानु निकै फाइदाजनक हुन्छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>