क्रिकेट

विश्वप्रकाश र इडन गार्डेन एक्सपर्ट भरतपुर मेयर्स कप क्रिकेटको लिगमा प्रवेश

Banner

चितवन, माघ २८–

विश्व प्रकाश मा.वि. मंगलपुर र इडन गार्डेन स्कुल भरतपुर एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरद्यिालय क्रिकेटको लिग चरणमा प्रवेश गरेका छन् । आज भएको नकआउट खेलमा विश्वप्रकाशले जानकी मा।वि। तेलौलीलाई ५ विकेटले तथा इडन गार्डेनले स्मल हेभन मोडल स्कुल भरतपुरलाई ७ विकेटले हराउदै लिग चरणमा स्थान बनाएका हुन् ।

पहिलो खेलमा भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जानकीले १२.३ ओभरमा अलआउट हुदै ४३ रनमा समेटियो । समेल थापाले १३ रन जोड्दा अन्य ब्याटरको प्रदर्शन एक अंकमा नै सिमत रह्यो ।

बलिङमा गौरव लामिछानेले ४, रेशम काफ्ले ३ तथा सन्देश न्यौपानेले २ विकेट लिए । ४४ रनको झिनो लक्ष्य पछ्याएको विश्वप्रकाशले ७।३ ओभरमा ५ विकेट गुुमाउदै पुरा गर्यो । बेलजित पन्जियार ७ तथा रेशम काप्mले २ रनमा नटआउट रहे ।

बलिङमा समेल थापाले ३ र रोहित थापाले २ विकेट लिए । १.३ ओभरमा बिना कुुनै रन ४ विकेट लिएका विश्वप्रकाशका गौरव लामिछाने खेलको प्लेयर अफ द म्याच भए ।

यस्तै अर्को खेलमा ८० रनको विजय लक्ष्य पछ्याएको इडन गार्डेन स्कुल भरतपुरले ११.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्दै ओपनरद्वय कुशल थिङ र अनिश पौडेलले इडन गार्डेनलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

१९ बल खेल्दै कुशलले २ छक्का र ३ चौकासहित २६ रन बनाए । अनिशले २५ बलमा १ छक्का र ३ चौका प्रहार गर्दै २४ रन बनाए । बलिङमा विजय कार्कीले ३ र संस्कार रिमालले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्मल हेभनले १५.३ ओभरमा अलआउट हुदै ७९ रनमा रोकियो । गौरव गुप्ताले सर्वाधिक १४ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा सलिन सापकोटा र सौगात सापकोटाले समान ३ विकेट लिदा प्रवेश अधिकारीले २ विकेट लिए । ब्याटिङमा नटआउट १६ रन र बलिङमा २ विकेट लिदै अलराउण्ड प्रदर्शन गरेका प्रवेश अधिकारी खेलको प्लेयर अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत भोलि हुने २ खेलमध्ये पहिलो खेलमा वाल्मिकी शिक्षा सदन भरतपुर र सिर्जना इंग्लिस स्कुल भरतपुर खेल्नेछन् । त्यस्तै दोश्रो खेलमा सनराइज इंग्लिस स्कुल भरतपुर र होली भिजन पब्लिक स्कुल लंकु आमनेसामने हुनेछन् । भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा संचालन भैरहेको प्रतियोगिता २२ फागुनसम्म चल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>