चितवन विशेष

पार्टीलाई पुरानै अवस्थामा फर्काउन शुद्धीकरण गर्दै अघि बढ्नुपर्छः मन्त्री गुरुङ

Banner
चितवन, माघ २८–
नेपाली कांग्रेसका उपसभापति एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पार्टीलाई पुरानै अवस्थामा फर्काउनसके अग्रज नेताहरुको सम्मान हुने बताउनुभएको छ ।
स्व वलराम पौडेलको १२औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको श्रद्धाञ्जलीसभामा उहाँले पौडेलजस्ता लोकतान्त्रिक आन्दोलनका अगुवाको सम्मानका लागि पार्टीलाई पुरानै अवस्थामा फकाउन जरुरी रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “पार्टीलाई पुरानै अवस्थामा फर्काउनका लागि शुद्धीकरण गरेर अघि बढ्नुपर्छ ।” कांग्रेसलाई रुपान्तरण गर्दै पुरानै अवस्थामा फर्काउनसके मात्र त्यागी नेताहरुको सम्मान हुने बताउनुभयो । स्व पौडेलले पार्टीमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँले पौडेलको निधनले पार्टीमा ठूलो क्षति पुगेको बताउनुभयो ।
श्रद्धाञ्जली सभामा परिवारले पौडेलले अध्ययन गरेको त्रिभुवन माध्यमिक विद्यालय तनहुँ र अध्यापन गरेको भरतपुर महानगरपालिका–१६ को दुर्गा शेषकान्त माध्यमिक विद्यालयमा रु दुई लाख ५० हजारका दरले अक्षयकोष स्थापना गरेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिनुभयो ।
स्व पौडेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशका  पूर्वमन्त्री हुनुहुन्थ्यो । उहाँको यही माघ १७ गते सडक दुर्घटनामा परी निधन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>