चितवन विशेष
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित चितवनमा
०

चितवन, माघ २८–
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आज चितवन भ्रमणमा आएका छन् ।
पछिल्लो समय तराईं–मधेसका विभिन्न जिल्लाको भ्रमणमा रहेका पूर्वराजा यो साता चितवनको भ्रमणका लागि आज दिउँसो भरतपुर आएको हो । पूर्वराज परिवार बुद्ध एयर मार्फत भरतपुर आइपुग्दा विमानस्थल बाहिर थुप्रै संख्यामा शुभेच्छुकहरु स्वागत गर्न भेला भएका थिए । उनीहरुले राजा आउँ देश बचाउँ सम्मका नारा लगाएका थिए । पूर्वराज परिवार आज पटिहानीमा बास बस्ने छ ।
उनीहरु करिव दुई साता चितवनमै रहने शाहको सचिवालयले जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















